सिद्धार्थ गौतम “बुद्ध” द्वारा सुरुवात गरिएको बौद्ध धर्ममा चार अत्यावश्यक सिद्धान्तहरु छन्ः कर्म, पुनर्जन्म, संसारा र निर्भाना ।
पुनर्जन्म
पुनर्जन्म भनेको व्यक्तिको भौतिक शरीरको अन्तेष्टिसँगै उसको आत्माले नयाँ शारीरिक अवतार लिनु हो । के पुनर्जन्म साँच्चै हुन्छ र ? आजभन्दा पहिले तपाईँको हृदयमा यो प्रश्न त पक्कै पनि आएको हुनुपर्छ । कतिपयले यसलाई सत्य मान्नुहोला भने कतिले यसलाई झुठो भन्नुहोला । यद्धपि बौद्ध धर्ममा पुनर्जन्मको विश्वास छ । हरेक व्यक्ति संसाराको अनन्त जालमा बाँधिएको हुन्छ । उसको पहिले जीवनको कर्मको फलस्वरुप उसले तत्कालीन जीवन प्राप्त गरेको हुन्छ । अर्को जन्मको उसको अस्तित्व यहीँ जन्ममा उसले गरेका सम्पूर्ण कार्यहरुद्वारा निर्धारण हुन्छ । अब हामी पुनर्जन्मलाई प्रभाव पार्ने कुराहरुमा ध्यानाकर्षण गर्नेछौँ ।
कर्म
बौद्ध र हिन्दु, दुबै धर्ममा प्रयोग भएको यस शब्द “कर्म”को निकै ठूलो महत्तव छ । यसलाई कारण र परिणामको नियम भनिन्छ । मानिसले आफ्नो चेतनाको प्रयोग गरेर गर्ने हरेक कार्यलाई कर्म भनिन्छ । ती कार्य उसका बोली, वचन र व्यवहारमा झल्किन्छन् ।
कर्मले हरेक व्यक्तिलाई आफ्नो तत्कालीन र आउने जीवनलाई राम्रो वा नराम्रो बनाउन सक्ने शक्ति प्रदान गर्दछ । अर्थात् हाम्रा प्रतयक भावना, शब्द, र कार्यले हाम्रो भविष्यका अनुभवलाई प्रभावित गर्छन् । हामीहरुले करुणा, उदारता र बुद्धिको प्रयोग गरेर आफ्नो र अरुको जीवनमा सकारात्मकता फैलाउने कार्य गर्दा सुख निम्तिन्छ । यसको विपरित कसैले आफ्ना कर्मले निरन्तर नकारात्मक ऊर्जा प्रदान गरिरहेको छ भने उसको यस र आगामी जीवनमा दुःख र पीडाले हानी पुर्याउने गर्छ ।
संसारा
तपाईँ यस जीवनमा मानव हुनुहुन्छ । अवश्य पनि तपाईँले यस अघिको जीवनमा राम्रो कर्म गरेको हुनुपर्छ । तर तपाईँको यो कति औँ जन्म हो भन्ने कुरा सजिलै उत्तर गर्न भने सकिँदैन । आत्मा अर्थात् चेतनाको न त कुनै सुरुवात थियो न त यसको अन्त्य नै रहन्छ । कुनै पनि जीवको चेतना उसको मृत्युसँगै हराउँदैन । चेतनाले मृत्युसँगै आफ्नो पुरानो शरीर छोड्छ अनि अर्को जीवनको अनन्त खोजीमा लागिपर्छ । यसले जन्म, मृत्यु र पुनर्जन्मको अनन्त चक्र बनाउँछ । यस चक्रलाई नै संसारा भनिन्छ ।
यो एक जटिल अस्तित्वको जाल हो जहाँ जीवहरु इच्छा, अज्ञानता र कष्टमा लिप्त हुन्छन् । दुःख र पीडाले उनीहरुको जीवन भरिएको हुन्छ । त्यसैले, उनीहरुको मुख्य आकांक्षा नै यस चक्रबाट मुक्ति पाउनु हो । कदापी उनीहरु हरेक जन्ममा त्यही नकारात्मक कर्म गर्दै आउँछन्, जसले गर्दा उनीहरुको चेतनाले मुक्ति पाउँदैन ।
निर्वाना
संसाराको अन्त्य केबल निर्वानाबाट सम्भव छ । यो बौद्ध दर्शनको उच्च समृद्धि हो । यसको प्राप्तिसँगै एक प्राणिले तीन विषः राग, द्वेष र मोहबाट मुक्ति पाउँछ ।
सुख आफु र आफ्नो कर्ममा खोज्नुपर्छ । लोभ वा भौतिक सामाग्री प्रतिको आकर्षणले राग उत्पन्न हुन्छ । यसले गर्दा व्यक्तिहरुले भौतिक संसारमा सुख खोज्छन् जसले असन्तुष्टि भावनाको वृद्धि गर्दछ ।
अनिच्छा र घृणाका भावले द्वेष उत्पन्न हुन्छ । यस विषका कारण मानिसले अर्को व्यक्ति, परिस्थिति वा अनुभवहरु प्रति नकारात्मक भावना राख्ने गर्छन् । जसले गर्र्दा उनीहरु निरन्तर द्वन्द र नकारात्मकताको जालमा परिरहन्छन् ।
भ्रम र अज्ञानताको चपेटमा पर्दा मानिस मोहको जालमा पर्न जान्छ । यसले व्यक्तिको दृष्टिमा पर्दा हाल्छ । उसले वास्तविकतालाई बुझ्न सक्दैन जसकारण उसको कर्मले नकारात्मकता फैलाउछ ।
निर्वाणासँगै उसले दुःख र भोगाइबाट छुटकारा पाएर शान्ति, मुक्ति र ज्ञानको आभाष गर्छ । उसको आत्माले आफ्नो वास्तविक स्वभावलाई प्राप्त गर्दै ब्रह्मासमान चेतनासँग एकात्म गर्दछ ।
गौतम बुद्धले निर्वाना प्राप्ति गरेका थिए । उनले ४९ दिनसम्म बोधी रुखमुनि बसेर ध्यान गरेका थिए । यसरी उनले संसाराको चक्रबाट मुक्ति पाएका थिए । आफूले सिकेका पाठहरुलाई उनले आफ्ना शिष्यहरुलाई सिकाउँदै गए । सिकेका पाठहरुले आज आम व्यक्तिलाई पनि निर्वाणा प्राप्तिका लागि सहज बनेको छ । उनका आर्यष्टाग्ंमागको (सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाच, सम्यक कर्म, सम्यक आजीवन, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि) एक व्यक्ति अगाडि बढेमा उसका जीवनबाट दुःख र तृष्णा हराउन जान्छन् ।
निष्कर्षमा, बौद्ध धर्मले जीवको अस्तित्व र उसको कष्टको गहिरो अनुभवमा उत्कृष्ट दृष्टिकोण प्रदान गर्दछ। कर्मको अध्ययनद्वारा, पुर्नजन्म र संसाराको आभाष र निर्भानाको खोजले व्यक्तिहरु अन्ततः परम ज्ञान र दयालुतामा सम्पन्न भइरहेका हुन्छन्।
This article was contributed by Atith Adhikari and Susant Kumar Gupta.
Comments [0]
You need to login to comment or reply.